
 |
|
बारम्बार
सोधिने प्रश्नहरु
- कुकिवन डान भनेको के हो
र किन यो स्थानीय डान भन्दा फरक हुन्छ -
- सिउल दक्षिण कोरिया
स्थित कुकिवन एकेडेमीबाट जारी गरिने
डानलाइ कुकिवन डान भनिन्छ भने सो
संस्थाबाहेक अन्य संस्थाहरुले जारी गरी
वितरण गरिने डानलाइ स्थानीय डान भनिन्छ
चाहे त्यो डान सरकारी संघ संस्था द्वारानै
जारी गरिएको किन नहोस । विश्व तेक्वान्दो
महासंघ आवद्ध सम्पूर्ण संघ संस्थाहरुले
आधिकारिक प्रशिक्षक (जसलाइ अन्तराष्ट्रिय
मान्यता प्राप्त हुन्छ) ले निश्चित
प्रशिक्षण पश्चात डान प्रमाणपत्र प्रदान
गरिदिन कुकिवन एकेडेमी समक्ष सिफारिस
गर्दछ र तत पश्चात कुकिवन एकेडेमीले
निश्चित प्रावधान अनुसार डान प्रमाणपत्र
जारी गर्दछ । कुकिवन डानलाइ अन्तराष्ट्रिय
मान्यता प्रदान गरिएको छ र तेक्वान्दोका
जुनसुकै कार्यको लागि पनि यो डान अनिवार्य
हुन्छ । कुकिवन डान नभएका जुनसुकै देशका
जतिसुकै डानका तेक्वान्दो खेलाडी भएपनि
विशेष प्रयोजनमा ती खेलाडीहरुको स्तर सेतो
पेटी बराबरको हुने गर्दछ ।
- अन्तराष्ट्रिय स्तरको
प्रशिक्षक र रेफ्रीको लागि कति डान हुनु पर्दछ -
- अन्तराष्ट्रिय रेफ्री तथा
अन्तराष्ट्रिय प्रशिक्षक हुनको लागि चौथो
डान प्राप्त गरेको हुनु पर्दछ ।
- अखिल नेपाल तेक्वान्दो
एकेडेमीले कसरी डान वितरण गर्दछ -
- अखिल नेपाल तेक्वान्दो एकेडेमीको नियम
बमोजिम एकेडेमीमा प्रशिक्षण लिएका तथा
एकेडेमी सँग आवद्ध भएका डोजाङ, स्कुल तथा
कलेजहरुमा प्रशिक्षण लिएका सम्पूर्ण
खेलाडीहरुले समय समयमा लिइने पेटी परीक्षा
बेल्ट प्रमोशन टेस्टमा सहभागी भइ उत्तीर्ण
भएका खेलाडीहरुलाइ रातोकालो पेटी सम्मको
प्रमाण पत्र एकेडेमीले जारी गर्दछ भने
कालो पेटीको लागि लिइएको परीक्षामा
उत्तीर्ण हुनेहरुको लागि एकेडेमीका माष्टर
इन्स्ट्रकटरको सिफारिसमा कुकिवन एकेडेमी
कोरियाले कालो पेटी र सो भन्दा माथिका
डानहरु प्रदान गर्ने गर्दछ ।
|
|













Nepalese National Paper
Rising Nepal Daily
Gorkhapatra Daily
Naya Patrika Daily
Rajdhani Daily
Jana Aastha
Deshantar
Dristhi
Weekly Nepali Paper
Nepalese Radio
Radio Nepal
Kantipur FM
Nepal news
Hits FM MP3
Sagarmatha FM
BBC Nepali
|