सूचना

First & Formost Martial Art's Academy of Nepal                             Academy provides - Training of Taekwondo (WTF), Dynamic Yoga Classes, Better Self defence Techniques with Fusion Martial Arts' Concept and so on...                      Grab the opportunity and Be a MASTER !!!

NOTICE
गृह पृष्ठ संगठन नियम प्रशिक्षक तेक्वान्दोको इतिहास म खेल्न सक्छु ? समाचार सम्पर्क प्रतियोगिता तस्विर संग्रह कार्यकारिणी सदस्य बारम्बार सोधिने प्रश्न

 

माष्टर इन्स्ट्रकटर अनुयाज गौतम Master Instructor - Anuyaj Gautam

ब्ल्याक बेल्ट चौथो डान
अन्तराष्ट्रिय रेफ्री
अन्तराष्ट्रिय प्रशिक्षक
संस्थापक अध्यक्ष अखिल नेपाल तेक्वान्दो एकेडेमी
संस्थापक अध्यक्ष पशुपति तेक्वान्दो डोजाङ

अन्तराष्ट्रिय प्रशिक्षक१० औं अन्तराष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिममा माष्टर आुयाज गौतम

२० वर्षभन्दा पहिले नै पशुपति डोजाङको स्थापना गरी प्रशिक्षण दिन थाल्नुभएका प्रशिक्षक अनुयाज गौतमले औपचारिक रुपमा जुलाइ २७-३१, २००४ मा कुकीवन एकेडेमीले दक्षिण कोरियाको सिउल स्थित हेडक्वार्टरमा लिइएको टेन्थ फरेनर्स तेक्वान्दो इन्स्ट्रकटर ट्रेनिङ कोर्समा सहभागी भइ सफलतापूर्वक तालिम सम्पन्न गरेपछि अन्तराष्ट्रिय प्रशिक्षकको रुपमा विश्वव्यापी मान्यता प्राप्त गर्नुभएको हो ।

अन्तराष्ट्रिय रेफ्री

नोवम्बर १७-२०, २००४ मा इजिप्टको राजधानी कायरोमा४६ औं रेफ्री सेमीनारमा भाग लिंदै माष्टर इन्स्ट्रकटर अनुयाज गौतम सम्पन्न भएको ४६ औं अन्तराष्ट्रिय रेफ्री सेमीनारमा सहभागी भइ सफलतापूर्वक रेफ्री कोर्ष सम्पन्न गरे पश्चात विश्व तेक्वान्दो महासंघ डब्ल्यू. टि. एफ.ले औपचारिक रुपमा उहाँले अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गरेको हो । ततपश्चात सन २००५ मा भारतको दार्जिलिङ शहरमा सम्पन्न भएको फष्ट वर्ल्ड युनाइटेड तेक्वान्दो च्याम्पियनशीपमा मुख्य निर्णायकको भूमिका निभाउनु भएको थियो । त्यसैगरी सन २००७ र २००८ मा दक्षिण कोरियाको जेजु शहरमा आयोजना गरिएको सातौं तथा आठौं जेजु अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्पाइरिङ तर्फको प्रतिष्पर्धामा रेफ्रीको भूमिका निभाउनु भएको थियो । त्यसैगरी जनवरी २००७ मा भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको प्रथम आमन्त्रण अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत मुख्य निर्णायकको भूमिका निभाउनु भएको थियो ।

राष्ट्रको प्रतिनिधिको रुपमा प्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरममा सहभागीप्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरममा माष्टर इन्स्ट्रकटर अनुयाज गौतम

तेक्वान्दोको विकास र विस्तारमा निरन्तर लागि परेकोले विश्व तेक्वान्दो मुख्यालय कुकीवन र कोरिया तेक्वान्दो एशोशिएशनले संयुक्त रुपमा आयोजना गरेको प्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरममा माष्टर इन्स्ट्रकटर अनुयाज गौतमलाइ नेपालको प्रतिनिधिको रुपमा छनौट गरी फोरममा सहभागी हुन आमन्त्रित गरयो । सन सेप्टेम्बर ३, २००९ मा दक्षिण कोरियाको राजधानी सिउल स्थित सिल्या होटेलमा आयोजना गरिएको प्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरममा अमेरिका, बेलायत, क्यानाडा, भारत, पाकिस्तान लगायत ५० देशका तेक्वान्दोका माष्टर तथा ग्राण्ड माष्टरहरु उनीहरुको सहयोगीका साथ सहभागी भएका थिए ।

  Home
Organization
About Taekwondo
Rules
Instructor
Can I Join?
News
Event
Contact
FAQ
Photo Gallery
Executive
Grading

Nepalese National Paper
Rising Nepal Daily
Gorkhapatra Daily
Naya Patrika Daily
Rajdhani Daily

Jana Aastha
Deshantar
Dristhi
Weekly Nepali Paper

Nepalese Radio
Radio Nepal
Kantipur FM
Nepal news
Hits FM MP3
Sagarmatha FM
BBC Nepali
Nepal Sports Forum

   

© All Nepal Taekwondo Academy                         Web Master                    Last updated on: 11/29/2010 05:46:58 PM +0545