|
||||||
|
|
|
|
||||
![]() |
पौष १४, २०६६ काठमाडौं अखिल नेपाल तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रथम एन्टा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता आज एक समारोहका बीच शुरु भयो । संघिय व्यवस्था, संसदिय मामिला तथा संस्कृति मन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन समारोहमा एकेडेमीका खेलाडीहरुले नेपालमा पहिलो पटक संगीत संयोजनका साथ तेक्वान्दो र डोरीको बिशेष कला प्रस्तुत गरेका थिए । सो कार्यक्रममा नाइनस्टिक, तेक्वान्दोको नृत्य तथा भारतबाट आएका तेक्वान्दो खेलाडिहरुले तेक्वान्दोको विशेष कला प्रस्तुत गरेका थिए । कार्यक्रममा कोरियन ग्राण्डमास्टर तथा एकेडेमिका संरक्षक प्रो. चोई चियोल योङ तथा अर्का ग्राण्डमास्टर लि डे होङ लाई प्रमुख अथिति माननिय मन्त्रि डा. मिनेन्द्र रिजालबाट नेपालमा तेक्वान्दो बिकास र बिस्तारका साथै एकेडेमिलाई निरन्तर सहयोग गरेकोमा वहाँहरुलाई सम्मान गर्नु भएको थियो । सो कायैक्रममा माननिय संविधान सभा सदस्य श्रीमति डिना उपाध्याय पशुपति क्षेत्र विकाश कोषका कोषध्यक्ष तथा समाज सेवि नरोत्तम बैद्यलाई प्रो. चोई चोल योङबाट सम्मान गरिएको थियो । यसै गरि एकेडेमिका ५ जना गरिव तथा जेहेन्दार खेलाडिहरुलाई पढ्नका लागि प्रोत्साहन स्वरुप अमेरिकी डलर १०० का साथ उपहार समेत प्रदान गर्नु भएको थियो । उद्घाटन समारोहका अन्त्यमा एकेडेमिका अध्यक्ष अनुयाज गौतमले यस प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गर्नु भयो । अखिल नेपाल तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रथम एन्टा एकेडेमी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ११ स्वर्ण, १३ रजत र ३० कास्य गरी प्रथम स्थान ओगटन सफल भएको छ । त्यसै गरी भारतले ८ स्वर्ण, ५ रतज र ६ कास्य गरि द्वितिय स्थान हासिल गरेको छ । पुरुष तर्फ २१ देखि २३ तौल समुहमा भारतका आकास ढकाल प्रथम र नेपालका सुजन दाहालले दोश्रो स्थान प्राप्त गरे । उक्त समूहमा नेपालका सुरज खड्का र भारतका हेमन्त शाहीले तृतीय स्थान हासिल गरे भने २३-२५ के.जि. तौल समुहमा नेपालका अजय रानाभाट प्रथम र विराज डंगोलले दोश्रो स्थान प्राप्त गरे तृतीय स्थानमा नेपालकै सागल आले मगर र नितेश थापा रहे । २५-२७ के.जि. तौल समुहमा नेपालका गौरव बढुवाल प्रथम र निकेश मगर दोश्रो स्थान प्राप्त गरे भने नेपालकै गौरव थापा र विज्ञान राइले तृतीय स्थान हासिल गरे । २७-२९ तौल समुहमा भारतका मार्मिक शर्मा प्रथम र अमिर रानाभाट दोश्रो भए भने सुदन तामाङ र सुमन श्रेष्ठ तृतीय भए । २९ - ३२ के.जि. तौल समुहमा नेपालका अमृत शर्मा प्रथम र बिशाल तामाङ्ग दोश्रो भए भने नेपालकै प्रसान्त कुमार लिम्बु र कमल कुशवाह तृतीय भए । ३२-३५ के.जि. तौल समुहमा नेपालका बिक्रम दाहाल प्रथम, कृष्ण कुवर दोश्रो भए भने रोमन शाही र अद्रन शामदले तृतीय स्थान हासील गरे । ३५-३८ तौल समुहमा राम ढकाल प्रथम र फ्रिजन तामाङ्ग दोश्रो भए । ३८-४१ केजी तौल समुहमा भारतका पेम्बा लामा प्रथम र नेपालका दिपेश महर्जन दोश्रो भए भने सन दर्शनधारी र उज्ज्वल खड्का तृतीय भए । ४१-४४ केजी तौल समुहमा नेपालका दिप्सन कार्कीले नेपालकै अविनाश शर्मालाइ पराजीत गरी स्वर्ण पदक प्राप्त गरे भने भारतका आशुतोश मिश्र र नेपालका मनहरी घटानी तेस्रा भए । ५१-५५ तौल समुहमा नेपालका विवश उदास प्रथम र ओसिम अक्रम सामद दोश्रो भए । फिन वेट तर्फ भारतका किशोर थापा र राहुल बिष्टले प्रथम तथा द्वितिय स्थान हासिल गरे भने नेपालका प्रदीप डंगोरा र मनोज नेगी तेस्रा भए । फिदर वेट समूहमा भारतका प्रशान्त अथवालले प्रथम स्थान हासिल गरे भने नेपालका झलक तामाङ द्वितीय भए भने भारतका निरज यादव र प्रकाश शाहीले तृतीय स्थान हासिल गरे । लाईट वेट तर्फ भारतका सुसेन्दर भि. ऐअर प्रथम भए । त्यसै गरि महिला तर्फ फ्लाई वेट समुहमा भारतका बन्दना यादव र अमिता राना प्रथम तथा द्वितिय भइन भने नेपालकी माया देउला र सीता लामाले तृतीय स्थान हासिल गरे । ३२-३५ केजी तौल समहुमा नेपालका पुनम गुरुङ्ग र अनुसुया लम्साल प्रथम तथा द्वितिय भइन भने रबिना गौतम तथा लक्ष्मी तामाङले तृतीय स्थान हासिल गरिन । २१-२३ तौल समुहमा नेपालकि दिपा ढुङ्गाना र क्यानाडाकि इन्दिरा जोन हक द्वितिय भईन भने रोशनी राइ र सरुना भण्डारी तृतीय भइन । ३५ देखि ३८ केजी तौल समूहमा पुजा गुप्ता, जुही गुप्ताले प्रथम तथा द्वितीय स्थान हासिल गरिन भने इमी श्रेष्ठ र डोल्मा शेर्पाले तृतीय स्थान हासिल गरिन । ४१ देखि ४४ केजी तौल समूहमा भारतकी शालु मङग्रान्ती र शिल्पा प्रथम तथा द्वितीय स्थान हासिल गरीन भने नेपालकी हिरा तामाङ तृतीय भइ�� । उक्त प्रतियोगितामा नेपालले आठ स्वर्ण सहित कुल ४४ पदक प्राप्त गरी प्रथम स्थान हासिल गर्यो भने भारतले ६ वटा स्वर्ण पदक सहित कुल २० पदक प्राप्त गरी द्वितिय स्थान हासिल गर्यो भने एउटा रजत पदकका साथ क्यानाडा तेस्रो भयो । कार्यक्रमको अन्तमा अखिल नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख माष्टर अनुयाज गौतमले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गर्नुभयो । प्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरममा माष्टर अनुयाज गौतम
प्रथम
सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरम
-सेप्टेम्वर १-३,
२००९,
सिउल, दक्षिण कोरिया दक्षिणकोरियाको राजधानी शहर सिउलमा सेप्टेम्वर १-३, २००९ सम्म प्रथम सिउल वर्ल्ड तेक्वान्दो लिडर्स फोरम सम्पन्न भयो । वर्ल्ड तेक्वान्दो हेडक्वार्टर, कुकिवन र कोरिया तेक्वान्दो एशोशिएशनले पहिलो पल्ट गरेको आयोजनामा कोरिया, नेपाल, अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, भारत, पाकीस्तान, मलेशिया लगायत विश्वका ५० मुलुकका माष्टर तथा ग्राण्डमाष्टरहरु लाइ उनीहरुको सहयोगीका साथ आमन्त्रण गरिएको थियो । वर्ल्ड तेक्वान्दो हेडक्वार्टर कुकीवनले प्रत्येक मुलुकबाट एकजना तेक्वान्दोको विकासमा सम्लग्न भि.आइ.पि माष्टर्स तथा ग्राण्ड माष्टर्सहरुलाइ आमन्त्रण गरिएको उक्त कार्यक्रममा नेपालबाट अन्तराष्ट्रिय रेफ्री तथा माष्टर अनुयाज गौतमलाइ वर्ल्ड तेक्वान्दो हेडक्वार्टर, कुकिवनले आमन्त्रण पठाएको थियो र तेक्वान्दोको विकास र विस्तारका लागि गरेको सहयोगका लागि कोरियाको ख्वाङगुङ युनिभर्सिटिका प्राध्यापक डा.भानु श्रेष्ठलाई आमन्त्रण गरिएको थियो । थप+++ एकेडेमीलाइ तेक्वान्दो म्याट सहयोग दुइ जर्मन विद्यार्थीहरु निकोल र डोरोथिया द्वारा प्रदान गरिएको तेक्वान्दो म्याट अखिल नेपाल तेक्वान्दो एकेडेमीले प्राप्त गरेको छ । अखिल नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा माष्टर इन्स्ट्रकटर अनुयाज गौतम सँग करीब पाँच महिना तेक्वान्दोको प्रशिक्षण लिएका जर्मन खेलाडीहरु निकोल र डोरोथियाले आफू जर्मनी फर्कने बेलामा एकेडेमीलाइ तेक्वान्दोको म्याट सहयोग गर्ने बचन दिएका थिए । तेक्वान्दो एकेडेमीका हरेक प्रशिक्षक विद्यार्थी र विशेषगरी माष्टर इन्स्ट्रकटरले गर्नुभएको सद्भाव र एकेडेमीको हरेक क्रियाकलापबाट आफूहरु प्रभावित भएको र म्याट नहुँदा भएको कठिनाइलाइ हृदयंगम गरी आफूहरुले उपहार स्वरुप म्याट प्रदान गर्ने बचन दिएका थिए । उनीहरु जर्मनी फर्किएपछि उक्त म्याट पठाइदिएका हुन । 5 |
Nepalese National Paper
Nepalese Radio |
||||
|
© All Nepal Taekwondo Academy Web Master Last updated on: 11/29/2010 05:46:58 PM +0545 |
||||||