सूचना

First & Formost Martial Art's Academy of Nepal                             Academy provides - Training of Taekwondo (WTF), Dynamic Yoga Classes, Better Self defence Techniquesl with Fusion Martial Arts' Concept and so on...                      Grab the opportunity and Be a MASTER !!!

NOTICE
गृह पृष्ठ संगठन नियम प्रशिक्षक तेक्वान्दोको इतिहास म खेल्न सक्छु ? समाचार सम्पर्क प्रतियोगिता तस्विर संग्रह कार्यकारिणी सदस्य बारम्बार सोधिने प्रश्न

International Referee/International Instructor Master Anuyaj Gautam
 

सूचना

  1. कालो पेटी (ब्ल्याक बेल्ट) वितरण सम्वन्धी जरुरी सूचना

    यस एकेडेमी द्वारा सञ्चालित ब्ल्याक बेल्ट परीक्षामा समावेश भइ उत्तीर्ण भएका विद्यार्थी खेलाडीहरुको पुम तथा डान प्रमाणपत्र (प्रथम पुम/डान देखि तेस्रो पुम/डान सम्म) हरु कुकीवन एकेडेमी दक्षिण कोरियाबाट जारी भइ आइसकेको र उक्त पुम तथा डान वितरण कार्यक्रम २०६७ भाद्र १ गते शनिवार हुने भएकोले पुम तथा डान प्रमाणपत्र प्राप्त गर्ने खेलाडीका साथै सम्पूर्ण खेलाडीहरुलाइ उक्त कार्यक्रममा भाग लिन सूचित गरिन्छ । पुम तथा डान प्राप्त गर्ने खेलाडीहरुले तोकिए बमोजिमको शुल्क बुझाइ आफ्नो क्रमको सुनिश्चितता गर्न समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ

     

  2. महेश के.सी लाइ निष्कासन गरिएको

    • अखिल नेपाल तेक्वान्दो एकेडेमीका प्रशिक्षक, खेलाडी तथा केन्द्रीय सदस्य समेत रहेका महेश के.सी.ले प्रथम एन्टा एकेडेमी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताको दौरान तथा त्यस भन्दा अगाडिका दिनहरुमा समेत संस्थाको नीति, नियम विरुद्धहुनेगरी एकेडेमीको ख्याती र अन्तराष्ट्रिय सम्बन्धमा समेत प्रत्यक्ष हानी नोक्सानी पुग्ने क्रियाकलापमा संलग्न रहेको पाइएको हुनाले र सो सम्वन्धमा लिइएको स्पष्टीकरणमा समेत निजले उपरोक्त क्रियाकलापमा सम्लग्न भएको हो भन्ने स्वीकारोक्ती भएकाले मिति २०६६ फागुन १७ गते तदनुसार मार्च १ तारिख २०१० बाट लागू हुने गरी अखिल नेपाल तेक्वान्दो एकेडेमीबाट निष्कासन गरिएको छ ।

    • तसर्थ भविष्यमा पुनः प्रवेश वा आवद्धता नदिइने गरी निजलाइ प्रशिक्षक, खेलाडी तथा अन्य सम्पूर्ण पदहरुबाट हटाइएको जानकारी खेलाडी, प्रशिक्षक, अभिभावक तथा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।

    • एकेडेमीका नाममा निज सँग कुनै पनि कारोवार नगर्न सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।

  3. डिसिप्लिन इन्चार्जबाट राजिनामा

    • अखिल नेपाल तेक्वान्दो एकेडेमीको डिसिप्लिन इन्चार्जमा कार्यरत मनोज कार्की द्वारा विविध कारण देखाइ दिइएको राजीनामा कार्यकारीणी समितिको बैठकले स्वीकृत गरेको छ । उक्त राजीनामाका साथ साथै पहिले तोकिएको तहगत व्यवस्थामा रहेको निजको स्थान स्वतः समाप्त भएको छ । अखिल नेपाल तेक्वान्दो एकेडेमीको कुनैपनि पदमा निज नरहेको कुरा सम्वन्धित सबैलाइ जानकारी गराइन्छ ।

  4. कार्यालय सञ्चालक समिति विघटन गरिएको

    • कार्यकारीणी समितिको बैठकले अखिल नेपाल तेक्वान्दो एकेडेमीको कार्य सञ्चालनार्थ गठन गरिएको कार्यालय सञ्चालक समिति विघटन गरिएको जानकारी सम्वन्धित सबैको लागि जानकारी गराइन्छ । अर्को समिति गठन नगरिए सम्मका लागि कार्यालय सञ्चालनको जिम्मेवारी अफिस इन्चार्ज नविन न्यौपानेको सहयोगमा महासचिव प्रयाज गौतम तथा अध्यक्ष अनुयाज गौतमले गर्नुहुनेछ ।

  Home
Organization
About Taekwondo
Rules
Instructor
Can I Join?
News
Event
Contact
FAQ
Photo Gallery
Executive
Grading

Nepalese National Paper
Rising Nepal Daily
Gorkhapatra Daily
Naya Patrika Daily
Rajdhani Daily

Jana Aastha
Deshantar
Dristhi
Weekly Nepali Paper

Nepalese Radio
Radio Nepal
Kantipur FM
Nepal news
Hits FM MP3
Sagarmatha FM
BBC Nepali
Nepal Sports Forum

   
   
   

© All Nepal Taekwondo Academy                         Web Master                    Last updated on: 11/29/2010 05:46:58 PM +0545