|
||||||
|
|
|
|
||||
![]() |
अखिल नेपाल तेक्वान्दो एकेडेमीको संगठन तथा यसको विशेषताहरु
अखिल नेपाल तेक्वान्दो एकेडेमी नेपालमा मार्शल आर्टस विकासको लागि
संस्थागतरुपमा खोलीएको प्रथम एकेडेमी हो । वैधानिकरुपमा नेपालको कानून
बमोजिम दर्ता भई सञ्चालन गरीएको यस एकेडेमीले मुख्यतः दक्षिणकोरियाको सिउल
स्थित विश्व तेक्वान्दो महासंघ द्वारा जारी गरिएको नियम,
कुकीवन एकेडेमी कोरिया द्वारा प्रशिक्षण र प्रवर्धन गरिएको
तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले समेत आफ्नो अफिसियल स्पोर्टसको रुपमा
समावेश गरेको तेक्वान्दोको प्रशिक्षण दिनेछ ।
अखिल नेपाल तेक्वान्दो एकेडेमीले तेक्वान्दो खेल्ने तरिकाहरु मात्र नसिकाइ
त्यसका हरेक पक्षको व्यावहारिक ज्ञान समेत प्रदान गर्नेछ । तेक्वान्दो
खेलमात्र नभै शिक्षा पनि हो भन्ने कुरामा जोड दिनु र शैक्षिक अवधारणामा
सञ्चालन गरिनु नै एकेडेमीको विशेषता हो र फरक पहिचान पनि हो । तेक्वान्दो
एउटा कला हो,
खेल कौशल हो जसलाइ एक दक्ष तथा प्रशिक्षित प्रशिक्षकले मात्र सिकाउन सक्दछ
र त्यसको सूक्ष्मतम रुपमा व्याख्या गर्न सक्दछ अन्यथा यसले दिने फाइदा
भन्दा बढी हानी हुन सक्दछ । |
Nepalese National Paper
Nepalese Radio |
||||
|
अखिल नेपाल तेक्वान्दो
एकेडेमीले
तेक्वान्दोको प्रशिक्षण बाहेक गतिशिल योगाको बारेमा जानकारी तथा अभ्यास
समेत गराउँदछ
जसले आफ्नो स्वास्थ्य लाइ चुस्त स्फूर्त तथा
तन्दुरुस्त राख्न मद्दत गर्नुका साथै खेलाडीलाइ कसरी श्वास प्रश्वासमा
नियन्त्रण राख्ने र शक्ति सञ्चय गर्ने भन्ने कुराहरुको ज्ञान प्रदान गर्दछ
। विशेष प्रशिक्षण अन्तर्गत मार्शल आर्टसका विभिन्न विधाहरुको तुलनात्मक
अध्ययन तथा अभ्यास समेत गराउँदछ ।
गरीव तथा जेहेन्दार विद्यार्थी हरुलाइ एकेडेमी
संग संम्बद्ध भएका विद्यालयहरुको सहयोगमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा
अध्ययन गर्ने अवसर समेत प्रदान गर्दछ । एकेडेमीले समय स���यमा आन्तरिक
प्रतिय���गिता गर्नुका साथै वार्षिक
रुपमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन विदेश लैज���ने गर्दछ जसले
खेलाडीहरुलाइ उच्च मनोबलका साथ जुनसुकै अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा
सहभागी भइ पदक हासिल गर्ने सुवर्ण अवसर प्राप्त हुनेछ । अन्तराष्ट्रिय
जगतमा मान्यता प्राप्त माष्टर इन्स्ट्रकटरको अधीनमा रही तेस्रो डान तथा
दोस्रो डानका प्रशिक्षकहरुले विभिन्न डोजाङ र विद्यालयहरुमा प्रशिक्षण
प्रदान गर्नुका साथै प्रतियोगिता समेत सञ्चालन गर्ने गर्दछन । |
||||||
|
© All Nepal Taekwondo Academy Web Master Last updated on: 11/29/2010 05:46:57 PM +0545 |
||||||