सूचना

First & Formost Martial Art's Academy of Nepal                             Academy provides - Training of Taekwondo (WTF), Dynamic Yoga Classes, Better Self defence Techniquesl with Fusion Martial Arts' Concept and so on...                      Grab the opportunity and Be a MASTER !!!

NOTICE
गृह पृष्ठ संगठन नियम प्रशिक्षक तेक्वान्दोको इतिहास म खेल्न सक्छु ? समाचार सम्पर्क प्रतियोगिता तस्विर संग्रह कार्यकारिणी सदस्य बारम्बार सोधिने प्रश्न

International Referee/International Instructor Master Anuyaj Gautam
 

नियम

यस नियम अखिल नेपाल तेक्वान्दो एकेडेमी र यस एकेडेमी आवद्ध डोजाङ, स्कुल तथा कलेजहरुमा तेक्वान्दोको प्रशिक्षण लिने सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरुका लागि मात्र लागू हुनेछ र बाध्यकारी रहनेछ । एकेडेमी सँग आवद्ध नभएका तथा स्वतन्त्र खेलाडीहरुको लागि पनि खेल निर्देशन उपयोगी रहनेछ ।

प्रमुख नियमहरु
खेलाडीहरुका लागि
प्रशिक्षकहरुका लागि
खेल निर्देशन

प्रमुख नियमहरु

  • अखिल नेपाल तेक्वान्दो एकेडेमीले विश्व तेक्वान्दो महासंघको नियमानुसार तेक्वान्दोको प्रशिक्षण प्रदान गर्ने भएकोले तेक्वान्दोको मुख्य प्रशिक्षणको हकमा विश्व तेक्वान्दो महासंघ र कुकिवन एकेडेमीकै नियमहरुलाइ लागू गरिनेछ तापनि एकेडेमीको आन्तरिक नियमहरु यसका प्रशिक्षक तथा खेलाडिहरुलाइ बाध्यकारी रहनेछ ।

  •  एकेडेमीको नियम विपरित कार्य गर्ने खेलाडी तथा प्रशिक्षक जो कोहिलाइ पनि एकेडेमीबाट निष्काशन गर्ने, निलम्बन गर्ने, डोजाङ खारेज गर्ने, स्कुल सँगको आवद्धता हटाउने, कार्यालय तथा अन्य समितिमा रहेका व्यक्तिहरुलाइ सम्वन्धित पद तथा समितिबाट हटाउने र निष्काशन गर्ने जस्ता अधिकार एकेडेमीको केन्द्रीय कार्य समिति लाइ रहेकोछ ।

खेलाडीहरुका लागि

  • एकेडेमीमा प्रशिक्षणकालागि सबै खेलाडिहरुले एकेडेमीले तोकिएको ढाँचामा फारम भरी पेश गर्नुपर्नेछ । यस कार्यका लागि एकेडेमीको केन्द्रीय कार्यालय गौशालामा तथा एकेडेमी आवद्ध डोजाङ तथा स्कुलहरुले सम्वन्धित प्रशिक्षक मार्फत फोटो सहितको फारम भरी बुझाउनु पर्नेछ ।

  • एकेडेमीमा नाम दर्ता गराइ प्रशिक्षण गरेको कारणले मात्र प्रशिक्षणको दौरान, प्रतियोगिताहरुमा तथा अन्य तेक्वान्दो सँग सम्वन्धित कार्यक्रमहरुमा हुन सक्ने चोट पटक, साना ठूला सबै खाले दुर्घटना तथा जोखिमहरुका सम्वन्धमा सम्वन्धित खेलाडिहरु नै जिम्मेवार हुनेछन र यसमा एकेडेमीको कुनै दायित्व रहने छैन ।
  • त्यस्ता जोखिमहरुको विमा नेपालका कुनैपनि विमा कम्पनीहरुले नगर्ने भएको एकेडेमीका खेलाडीहरुको पनि विमा गरिएको हुँदैन ।
  • सबै खेलाडीहरुले समयमै प्रशिक्षण शुल्क लगायत पेटी परीक्षा तथा विशेष तालिम शुल्कहरु बुझाउनु पर्नेछ । समयमै शुल्क नबुझाउने खेलाडीहरुको प्रशिक्षण बन्द गराउने, पेटी परीक्षा रोक्ने जस्ता कार्यहरु कार्यालयको नियमानुसार हुनेछ ।
  • तेक्वान्दो प्रशिक्षणका लागि तोकिएको ढाँचाको दोबोक (पोशाक) सम्बन्धित प्रशिक्षकहरु मार्फत माग गर्नुपर्नेछ ।
  • सबै खेलाडीहरुले आफ्ना गुरुहरुप्रति सकारात्मक सोच राख्नु पर्नेछ र त्यसै अनुरुपको व्यवहार प्रस्तुत गर्नुपर्नेछ ।
  • प्रशिक्षणको दौरान तथा कुनै पनि तेक्वान्दो सँग सम्वन्धित गतिविधिहरुमा आफूभन्दा माथिका खेलाडीहरुलाइ आदर र सद्भावका साथ प्रस्तुत हुनु पर्नेछ ।
  • एकेडेमीको नियम विपरित र विनाकारण एकेडेमीले प्रदान गर्ने जुनसुकै प्रशिक्षणमा अनुपस्थित रहने खेलाडीहरुको पेटी परीक्षा तथा अन्य स्तर प्रमोशन रोक्न सकिनेछ ।
  • खेलाडीहरु जसले आफ्नो प्रशिक्षक, साथीभाइ, समकक्षी तथा आफूभन्दा साना खेलाडीहरु सँग अपमानजनक व्यवहार तथा अनादर गर्ने जस्ता कार्यहरु गर्ने, हाउभाउ प्रस्तुत गर्ने जस्ता कार्यहरु गर्दछ त्यस्ता खेलाडीहरुलाइ निश्चित समयका लागि प्रतिबन्ध लगाउने वा एकेडेमीका सम्पूर्ण क्रियाकलापहरुबाट सँधैका लागि निष्कासन समेत गर्न सक्नेछ ।
  • प्रत्येक दिन प्रशिक्षण गर्नु पूर्व तोकिएको ढाँचामा सपथ लिनु पर्नेछ ।

 प्रशिक्षकहरुका लागि

  • तोकिएको ढाँचामा फारम भरी स्वीकृत भएका खेलाडीहरुलाइ मात्र प्रशिक्षण दिने ।
  • सम्पूर्ण खेलाडीहरुको सुरक्षालाइ प्रमुख प्राथमिकतामा राख्ने ।
  • प्रशिक्षण, प्रतियोगिता, प्रदर्शन तथा अन्य सबै खाले तेक्वान्दोको गतिविधिमा हुन सक्ने सम्पूर्ण जोखिमहरुलाइ विचार गरी सकेसम्म जोखिमलाइ न्यून गर्ने ।
  • प्रशिक्षण तथा प्रतियोगिताहरुमा जोखिम न्यून गर्न आवश्यक पर्ने सामाग्रीहरुको प्रयोग गर्ने ।
  • जोखिमका उपायहरुलाइ न्यून गर्दा गर्दै पनि दुर्घटना भएमा वा चोटपटक लागेमा तत्काल प्राथमिक उपचारका सम्पूर्ण उपायहरु अवलम्वन गर्ने र जोखिमको प्रकृति हेरी सम्वन्धित अभिभावकहरुलाइ खबर गर्ने र नजिकको अस्पताल वा उपचारकेन्द्रमा लगी आवश्यक उपचारका लागी सहयोग गर्ने ।
  • खेलाडीहरुलाइ प्रशिक्षण गराउनु पूर्व आफू र साथीहरुका लागि चोट लाग्न सक्ने सबै किसिमका गहना, घडी वा अन्य चिजहरु भए खोल्न लगाउने ।
  • प्रशिक्षण शुरु गराउनु पूर्व केटाकेटी र साना बच्चाहरुको अवस्थामा विशेष ध्यान दिने ।
  • मुखमा केही राखेको वा चुइगम जस्ता पदार्थ खाइरहेको भए तत्काल झिक्न लगाउने । मुखमा यस्ता चिजहरु भएको अवस्थामा दिइने प्रशिक्षण अत्यन्त जोखिमपूर्ण हुने गर्दछ ।
  • सम्पूर्ण प्रशिक्षार्थीको शारीरिक अवस्था वा स्वस्थता (फिजिकल फिटनेश)मा ध्यान दिने ।
  • प्रशिक्षक/गुरुहरुलाइ गरिने आदर, डर वा अन्य कारणहरुले गर्दा प्रशिक्षार्थीहरुले आफ्नो शारीरिक समस्या लुकाएका हुन सक्छन सो सम्वन्धमा ध्यान दिने।
  • प्रशिक्षार्थीहरुले शारीरिक वा मानसिक तवरमा कुनै अपठ्यारो महसुस गरेको लागेमा वा अस्वाभाविक व्यवहार देखाएमा त्यस्ता प्रशिक्षार्थीलाइ सोधेर आराम गराउने वा त्यस समयमा प्रशिक्षण नगराउने ।

 

खेल निर्देशन

प्रशिक्षणको समयमा कुनै पनि किसिमको चोट पटक र सम्भावित जोखिमबाट बच्न सम्पूर्ण खेलाडीहरुले पालना गर्नु पर्ने सामान्य सिद्धान्तहरु

  • ठोस खाना खाएको एक घण्टा पछि मात्र प्रशिक्षण वा अभ्यास गर्ने ।
  • अभ्यास वा प्रशिक्षणको समय भन्दा १५ मिनेट पहिले नै पानी अथवा अन्य पेय पदार्थ खाइ सक्ने ।
  • ठोस पदार्थ खाएको एक घण्टा नहुँदै र पानी जस्ता पेय पदार्थ पिएको १५ मिनेट नहुँदै थालिएको अभ्यास वा प्रशिक्षणले पेट दुख्नुको साथै पाचन प्रणालीलाइ समेत हानी पुग्दछ ।
  • अभ्यास वा प्रशिक्षणको समयमा मुखमा चुइगम, चकलेट जस्ता कुनै पनि कुराहरु नराख्ने वा नखाने । यस्ता चिजहरु अनियन्त्रित भइ घाँटी तथा श्वास नलीमा गइ अड्किन सक्छ र यसले ठूलो दुर्घटना निम्त्याउँदछ ।
  • स्वास्थ्य स्थिति ठिक नभएको वा प्रशिक्षण गर्न नसक्ने अवस्थामा आफ्नो प्रशिक्षकलाइ सो सम्वन्धमा लाज वा डर नमानीकन जानकारी गराउने । शरीर अस्वस्थ भएको अवस्थामा प्रशिक्षण वा अभ्यास गर्नु हुँदैन ।
  • सधैं प्रशिक्षण वा अभ्यासको समयमा आफ्नो साइज र लम्बाइ अनुसारको तोकिएको पोशाक दोबोक लगाउनु पर्दछ । यसले अभ्यास वा प्रशिक्षणमा सजिलो हुने मात्र नभइ शरीरमा हुने रक्त सञ्चालन प्रक्रियालाइ समेत सहज बनाउँदछ ।
  • औंठी, बाला, चुरा, घडी, माला, मुन्द्रा, इयर रिंग तथा अन्य गहनाहरुले आफू तथा अरुलाइ समेत चोट लगाउने, मांसपेशीलाइ संकुचन गराउने र रक्त सञ्चारलाइ बाधा पुग्ने हुनाले यस्ता वस्तुहरु फुकालेर मात्र प्रशिक्षण वा अभ्यास गर्नु पर्दछ ।

नीति नियमको पालना गरी सभ्य र अनुशाषित खेलाडी बनौं तथा बनाऔं । सम्भावित दुर्घटना र जोखिमबाट बचौं र बच्न सिकाऔं

  Home
Organization
About Taekwondo
Rules
Instructor
Can I Join?
News
Event
Contact
FAQ
Photo Gallery
Executive
Grading

Nepalese National Paper
Rising Nepal Daily
Gorkhapatra Daily
Naya Patrika Daily
Rajdhani Daily

Jana Aastha
Deshantar
Dristhi
Weekly Nepali Paper

Nepalese Radio
Radio Nepal
Kantipur FM
Nepal news
Hits FM MP3
Sagarmatha FM
BBC Nepali
Nepal Sports Forum

   
   
   

© All Nepal Taekwondo Academy                         Web Master                    Last updated on: 11/29/2010 05:46:57 PM +0545